हाम्रो विकास हाम्रो बैंक

News

हाम्रो विकास बैंक ज्योती विकास बैंकमा समाहित हुने


हाम्रो विकास बैंक ज्योती विकास बैंकमा समाहित हुने

Posted: Oct 28, 2018

हाम्रो विकास बैंक लि. को दशौं वार्षिक साधारण सभा मिती २०७५/०७/११, आइतबार नुवाकोटमा सम्पन्न भयो । सो सभामा बैंकका अध्यक्ष हरि प्रसादले बैंकको संक्षिप्त प्रगति विवरण पेश गर्नु भएको थियो । सभाले आर्थिक वर्ष २०७४/७५ को वित्तिय विवरण पारित गर्नुको साथै शेयरधनीहरुलाई ७.९१४५ प्रतीशत नगद लाभांश तथा २.४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै दुवै विकास बैंकले सामूहिक रुपमा निर्धारण गरेको संस्थागत उद्देश्य, दुरदृष्टि र ध्येय अनुसारको वित्तीय संस्थाको रुपमा विकसित हुने प्र्रतिबद्धता र हाम्रो विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धमा स्थापित गरेको हाम्रो विकास प्रबद्र्धन कोषलाई प्राप्ति पश्चातको ज्योति विकास बैंकले समेत निरन्तरता दिने व्यवस्था सहित हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले शेयर आदानप्रदान अनुपात १ः१ मा समाहित गर्ने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।